शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो

प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो

नागरिक पाटी

१४, पौष २०७८
  • 6.6K
    SHARES
  • प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुल्यो

    शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन खुलाएको हो । प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ ।

    images
    images

    त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ । खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ । योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् । उम्मेदवारले https://online.tsc.gov.np/ मा आवेदन दिन सक्नेछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १४, २०७८ बुधवार - ११:४४:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology