शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गठबन्धनमा रहेका राजनितिक दलहरु वैशाखमा पालिकाको चुनाव गर्न सहमत

गठबन्धनमा रहेका राजनितिक दलहरु वैशाखमा पालिकाको चुनाव गर्न सहमत

नागरिक पाटी

४, माघ २०७८
  • 5.0K
    SHARES
  • गठबन्धनमा रहेका राजनितिक दलहरु वैशाखमा पालिकाको चुनाव गर्न सहमत

    सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमा नै पालिकाको चुनाव गर्न सहमत भएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरुले संविधानअनुसार समयमै चुनाव गर्नुपर्नेमा सहमति जनाएका हुन् ।

    images
    images

    तर यस विषयमा थप गृहकार्य आवश्यक भएको भन्दै फेरि बैठक बस्ने भएको छ । थप छलफल गरेर पर्सि बिहीवार फेरि बैठक बस्ने तयारी गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

    यस्तै, बैठकमा कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका विषयमा समेत छलफल भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित भएका थिए । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - १४:३८:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology