शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रामप्रसाद खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

रामप्रसाद खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

नागरिक पाटी

७, माघ २०७८
  • 6.4K
    SHARES
  • रामप्रसाद खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

    अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाल शब्द, स्वर तथा सुरेश अधिकारीको संगीत रहेको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक भएको छ । सामाजिक सन्देश बोकेको गीतले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती बीचको तेरो र मेरो भन्ने भावना प्रतिबिम्बित गरेको छ ।

    images
    images

    गीतको म्युजिक भिडियोमा गायक खनाल आफैले पनि अभिनय गरेका छन्, भने उनलाई अभिनयमा कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिएकी छन् । गीतले हरेक श्रीमान् र श्रीमतीलाई पारिवारिक कलहको बिषयमा सम्झाएर कहल कम गर्न मद्दत गर्र्ने बिश्वास आफुले लिएको गायक खनालले बताए । ‘भाइरल खोज्ने युगका लागि यो गीत कस्तो हुन्छ थाहा छैन । तर यसले हरेक दम्पती जोडीलाई जोड्ने काम भन गर्ने छ’ खनालले भने ।

    भिडियो निर्मल शर्मा ‘गैडा’ ले निर्देशन गरेका हुन् । राजु केसीको छायांकन, गौतमराज खड्काको सम्पादन रहेको भिडियो निर्देशक शर्मा र अन्य कलाकार समेतको अभिनय छ ।

    केही अगाडि अमेरिकाबाट नेपाल फर्किएका खनालले एकसाथ ७ गीतको तयारी गरेका थिए । ति गीत मध्य पहिलो ‘हे कृष्ण, हे राम’ धार्मिक भजन गतसाता सार्वजनिक भएको थियो । बाँकी ५ गीत पनि बिस्तारै सार्वजनिक गर्दै जाने खनालले सुनाए ।

    अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक अध्यक्ष समेत रहेका खनालले एकसमय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गरेका थिए । १२ सय बढी गीतमा स्वर दिएका खनालका ५२ एल्बम सार्वजनिक भएका छन् । खनाल धेरै गायक गायिकाका पथ प्रदर्शक तथा गुरु पनि मानिन्छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - १९:२७:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology