शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवागढी नाकामा यार्ड विस्तारको काम सुरु

रसुवागढी नाकामा यार्ड विस्तारको काम सुरु

नागरिक पाटी

१२, माघ २०७८
  • 5.3K
    SHARES
  • रसुवागढी नाकामा यार्ड विस्तारको काम सुरु

    चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड विस्तारको काम सुरु भएको छ । कोरोना महामारीपश्चात् नाकामा निर्माण गरिएको अस्थायी यार्ड साँघुरो भएसँगै यार्ड विस्तारको काम सुरु गरिएको हो ।

    images
    images

    चीनबाट नेपाल आयात हुने चिनियाँ सामग्री लोड–अनलोड गर्न असहज भएपछि नाकामा यार्ड विस्तार तथा सुधारका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्राविधिकले अध्ययन गरी स्टिमेट तयार गरेका थिए ।

    लगत्तै ६ करोड बजेट विनियोजन भएर ठेक्का प्रक्रिया सुरु गरिएको थियो । तर, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रसुवागढी नाकामा एकीकृत जाँचचौकी ९आइसिपी० भवन निर्माणको जिम्मा पाएको श्याम सुन्दर रबिना जेभीले यार्ड विस्तार गर्नुपर्ने सम्झौतामा उल्लेख भएअनुसार ६ करोड लगानी गरेर विस्तार गरिन लागिएको यार्डको नयाँ ठेक्का रद्द भएको छ ।

    ०७२ को विनाशकारी भूकम्पसँगै माथिबाट झरेको सुक्खा पहिरोले अहिले यार्ड विस्तार सुरु गरिएको स्थान पूरै पुरेको थियो । नेपाल–चीन सिमानाको मितेरी पुलसँगै रहेको यार्ड साँघुरो भएकाले उक्त यार्ड विस्तार तथा सुधारका लागि थुप्रिएको ढुंगा–माटो पन्छाउने काम सुरु गरिएको हो । नयाँ पत्रिका दैनिकबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १२, २०७८ बुधवार - ०८:०४:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology