बीआर चोपडाको महाभारत टेलीश्रृंखलामा भीमको भूमिका निर्वाह गरेका अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको छ । ७६ वर्षीय सोबतीको मंगलवार साँझ निधन भएको हो ।
पञ्जाबका प्रवीण राजनीति र बीएसएफसँग आबद्ध थिए । उनले धेरै चलचित्रमा समेत काम गरे । सन् १९८२ मा प्रवीण कुमारले फिल्म रक्षाबाट आफ्नो कलाकारिताका् करियर शुरू गरेका थिए । राजधानी दैनिकमा खबर छ ।