शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"मेरो सवाल" सार्वजनिक

"मेरो सवाल" सार्वजनिक

नागरिक पाटी

२९, माघ २०७८
  • 7.2K
    SHARES
  • "मेरो सवाल" सार्वजनिक

    यतिबेला मौसम प्रेमको छ । हुन त प्रेमका लागि सधैँ मौसम नै हुने गर्दछ । तरपनि प्रेमदिवसका कारण यो समय अझ बढी प्रेममय बनेको छ । प्रेमीहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिएको पाइन्छ । १४ फेब्रुअरी त झन् सबै प्रेमीहरूका लागि विशेष हुने गर्छ । यो विशेष अवसरमा हरेक वर्ष प्रेमिल गीतहरू बन्ने गर्छन् । यसैबीच प्रेमदिवसको छेको पारेर गायक सन्दीप कार्की र अन्नु ढकालको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । उहाँहरूको स्वरमा रहेको ‘मेरो सवाल...’ गीतको भिडियो सार्वजनिक भएको हो ।

    images
    images

    जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा सुप्रिया खनाल र गायक सन्दीप कार्की नदी किनारमा रोमान्टिक देखिएका छन् । विमला हुमागाईंले शब्द रचना गरेको गीतमा गायक कार्कीले नै संगीत भर्नुभएको छ । दिपेन वस्नयातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक भएको हो ।

    ‘प्रेमिल जोडीका लागि प्रेमदिवसको छेको पारेर गीतको भिडियो सार्वजनिक गरेका छौँ, एउटा राम्रो गीत र भिडियो बनेको छ, सबैले मनपराइ दिनुहुनेछ भन्नेमा आशावादी छौँ’, निर्देशक शाहीले भन्नुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १८:१६:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology