शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमसीसीमा सघाउन ओलीलाई देउवाको आग्रह

एमसीसीमा सघाउन ओलीलाई देउवाको आग्रह

नागरिक पाटी

११, फाल्गुण २०७८
  • 6.9K
    SHARES
  • एमसीसीमा सघाउन ओलीलाई देउवाको आग्रह

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गराउन सत्ता गठबन्धनका सहयात्री दल र प्रमुख प्रतिपक्ष एमालेसँग समानान्तर छलफल अघि बढाएका छन् । सत्ता गठबन्धन दलकै विरोधले एमसीसी सम्झौता अनुमोदन सुनिश्चित हुन नसकेपछि देउवाले बहुमतका लागि सक्रियता बढाएका हुन् ।

    images
    images

    प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता केन्द्रमा राखेर मंगलबार साँझ बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सघन छलफल गरेका छन् । बालुवाटार स्रोतका अनुसार एमालेसँगको छलफलमा सत्ता सहकार्यदेखि एमसीसी सम्झौता अनुमोदन गर्नेसम्मका विषय प्रवेश भएका थिए । नेताहरूले साढे ६ बजेदेखि करिब २ घण्टा छलफल गरेका थिए । मंगलबारै दिउँसो ओली र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ०८:१६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology