शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्मिता घिमिरेको उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक

स्मिता घिमिरेको उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक

नागरिक पाटी

१, चैत्र २०७८
  • 7.7K
    SHARES
  • स्मिता घिमिरेको उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक

    गायिका तथा लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो। पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरियो। कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको थियो।

    images
    images

    ‘हराएको मुस्कान’ लोकार्पण तथा सम्मान समारोहमा विभिन्न क्षेत्रका १३ जनालाई सम्मान गरियो। सम्मान हुनेहरुमा स्व। तारानाथ शर्मा,विष्णु प्रभात,दिपक जंगम,कमल कोइराला, नवराज सुवेदी,कुन्ती मोक्तान,बलराम अर्याल,मनिषा कोइराला,उन्नति बोहोरा शिला,रमना श्रेष्ठ,बेन्जु सरोज श्रेष्ठ,डा।प्रकाश सायमी,डा।सुदिप श्रेष्ठ रहेका थिए।

    ‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरुबाट बेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरुको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो। कार्यक्रममा बोल्दै प्राज्ञ विष्णु प्रभातले पुस्तकको समिक्षा गरेका थिए। राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका आफै म पात्र भएर प्रस्तुत भएकी छिन् । कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोइरालाले लेखिका प्रति आफुले प्राउड गरेको र जति समस्यामा पनि हाँसी रहने भन्दै प्रसंशा गरिन्। क्यान्सर रोगबाट पिडित कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताइन। लेखिका घिमिरे पनि क्यान्सरबाट पिडित भएकी थिइन्। उनले आफ्नो आमाको नाममा ट्रस्ट खोलेर पिडित हरुको उपचार गराई रहेकी छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - १४:३७:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology