दोहा । रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १२६ नेपाली युवाको अझै उद्धार हुनसकेको छैन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ५० दिनअघि उनीहरू साउदी पुगेका थिए।
अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि करिव १८ दिनदेखि उद्धारको पर्खाइमा बसेका छन्। अलपत्र परेकामध्ये एक विनोद दहालका अनुसार अहिलेसम्म उनीलाई म्यानपावर सञ्चालकले आश्वासन मात्र दिएको छ। उनीहरुलाई ब्लु ग्यालेक्सीले चर्को शुल्क लिएर साउदीस्थित इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीमा पठाएको थियो।
ब्लु ग्यालेक्सीका रमेश अमगाइन र हिमहरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए। ब्लु ग्यालेक्सीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको थियो। तर, त्यहाँ पुगेपछि सडक सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका छन्। पत्रपत्रिकाबाट