शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको बैठकद्धारा उम्मेदवारको सिफारिस चैत मसान्तसम्म गर्न निर्देशन

एमालेको बैठकद्धारा उम्मेदवारको सिफारिस चैत मसान्तसम्म गर्न निर्देशन

नागरिक पाटी

१०, चैत्र २०७८
  • 6.9K
    SHARES
  • एमालेको बैठकद्धारा उम्मेदवारको सिफारिस चैत मसान्तसम्म गर्न निर्देशन

    एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेद्‌वारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

    images
    images

    दुई दिने पोलिटब्यूरो बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख रिजालले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकिएको बताएका हुन्।

    पोलिटब्यूरो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेद्‌वार छनोटको मापदण्डसमेत पारित गरेको छ । स्थानीय कमिटीले उम्मेद्‌वार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । सोही आधारमा माथिल्लो कमिटीले उम्मेद्‌वारको छनोट गर्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - १७:५१:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology