शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले निर्णय

स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले निर्णय

नागरिक पाटी

११, चैत्र २०७८
  • 4.9K
    SHARES
  • स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले निर्णय

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको छ ।

    images
    images

    बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तहका कमिटीलाई चैत मसान्तभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

    एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार सम्बन्धित कमिटीले एक महिलासहित तीन जना प्रत्यासीको नाम सिफारिस गरी माथिलो कमिटीमा पेस गर्नुपर्नेछ । यसरी सिफारिस भई आएको प्रत्यासीको नाममा माथिलो कमिटीले टंगो लगाउनेछ ।

    उम्मेदवार सिफारिस गर्न वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख-उपप्रमुखको हकमा गाउँ÷नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर- महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरूको सिफारिसमा जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने उपप्रमुख रिजालले बताए ।

    बैठकले उम्मेदवार सिफारिस र चयन’दयगत ६ वटा प्रारम्भिक मापदण्ड तय गरेको छ । उम्मेदवार सिफारिस गर्दा यी मापदण्ड अनिवार्य रूपमा लागू गर्नुपर्नेहुन्छ । पार्टीको मापदण्डलाई ध्यान दिँदै उम्मेदवारको सिफारिस गर्दा सन्तुलन र समावेशी हुने गरी सिफारिस गर्नुपर्नेहुन्छ । राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - ०७:०९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology