शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका १३ वटै पालिकामा तोकिए निर्वाचन अधिकृत

धादिङका १३ वटै पालिकामा तोकिए निर्वाचन अधिकृत

नागरिक पाटी

१३, चैत्र २०७८
  • 10.2K
    SHARES
  • धादिङका १३ वटै पालिकामा तोकिए निर्वाचन अधिकृत

    धादिङका १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् । धादिङको नीलकण्ठ नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको जिम्मा जिल्ला न्यायधिस रमेश प्रसाद ज्ञवालीले जिम्मा पाएका छन् भने धुनीबेसीको निर्वाचन अधिकृत बनेर सर्वोच्चका इजलास अधिकृत राजकुमार आचार्य आउने भएका छन् ।

    images
    images

    यस्तै खनियाबासमा योजना आयोगका उप सचिव गोकुल खड्का, गंगाजमुनामा मालपोत धादिङका प्रमुख रामकृष्ण तामाङ, गजुरीमा प्रधानमन्त्री कार्यालयका उप सचिव चक्रपाणि शर्मा, गल्छीमा समाजिक विकास मन्त्रालयका अधिकृत यस अघि धादिङमा जिल्ला शिक्षा अधिकारीको रुपमा काम गरि सकेका दिपेन्द्र सुवेदी निर्वाचन अधिकृत तोकिएका छन् ।

    त्यसैगरी ज्वालामुखीमा सम्पत्ति सुद्धिकरण विभागमा कार्यरत उप सचिव हिरामणि सुवेदी, थाक्रेमा संघिय मामिला मन्त्रालयमा कार्यरत उप सचिव महेन्द्र प्रसाद साखी, त्रिपुरासुन्दरीमा उपन्यायाधिवक्ता गोपाल लामिछाने, नेत्रावती डवजोङमा वैदेशिक रोजगार न्यायधिकरणका रजिष्टार आनन्दराज पन्त, बेनीघाट रोराङमा उपन्यायाधिवक्ता खेमराज पाठक, रुबीभ्यालीमा सर्वोच्चका इजलास अधिकृत भीमप्रसाद सुवेदी र सिद्धलेकमा जिल्ला अदालत धादिङका स्रेस्तेदार खुमप्रसाद भण्डारी निर्वाचन अधिकृतका रुपमा तोकिएका छन् ।

    आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो । 

    277534137_2810916035712657_591743765084732703_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १४:४३:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology