शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन

म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन

नागरिक पाटी

१४, चैत्र २०७८
  • 6.0K
    SHARES
  • म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन

    आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग भएकोमा झन्डै ३ लाख जनाको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्म म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो । सो समयभित्र २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।

    images
    images

    प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत म्यादी प्रहरी भर्नाका लागि दर्खास्त माग गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीमा भर्ती हुनका लागि सबैभन्दा बढी आवेदन मधेश प्रदेशमा परेको छ । सो प्रदेशमा ६८ हजार ६ जनाको आवेदन परेको हो ।

    बढी आवेदन मधेश प्रदेशमा

    मधेश प्रदेशपछि लुम्बिनी प्रदेशमा ५६ हजार ५ सय ६० जनाको आवेदन परेको छ । यस्तै, प्रदेश १ मा ५० हजार ९ सय ४४, बाग्मतीमा २७ हजार ८ सय ३४, उपत्यकामा १३ हजार ९ सय ५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २ सय ४५ र सुदूरपश्चिममा २९ हजार ७ सय १४ जनाको आवेदन परेको छ । म्यादी प्रहरी छनोटका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।

    समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहनेछन् । राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - ०७:१७:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology