शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस बागमती प्रदेशको निष्कर्षः निर्वाचनमा सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल

कांग्रेस बागमती प्रदेशको निष्कर्षः निर्वाचनमा सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल

नागरिक पाटी

१५, चैत्र २०७८
  • 7.0K
    SHARES
  • कांग्रेस बागमती प्रदेशको निष्कर्षः निर्वाचनमा सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल

    नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल आवश्यक रहेको निष्कर्ष निकालेको छ।

    images
    images

    नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा सम्पन्न बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहसंग समन्वय गरी सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने समितिका सदस्यहरूले सुझाव दिएका छन्।

    अधिकांश सदस्यहरूले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए। बैठकमा बोल्दै समितिका सदस्यहरूले कांग्रेसले धेरैभन्दा धेरै स्थानमा आफ्नो पार्टीको जित सुनिश्चताको साथै वर्तमान केन्द्रीय समितिले गरेको निर्णयको आधारमा वर्तमान गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १८:१४:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology