शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सत्तारुढ दलबीच महानगर र उपमहानगरको तालमेलबारे आज छलफल हुँदै

सत्तारुढ दलबीच महानगर र उपमहानगरको तालमेलबारे आज छलफल हुँदै

नागरिक पाटी

१७, चैत्र २०७८
  • 3.8K
    SHARES
  • सत्तारुढ दलबीच महानगर र उपमहानगरको तालमेलबारे आज छलफल हुँदै

    सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेपछि यसबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।

    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने बैठकले खासगरी महानगर र उपमहानगरको तालमेलको मोडालिटीका विषयमा छलफल गर्ने बताइएको छ ।

    बैठकमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु उपस्थित हुनेछन् । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले स्थानीय, प्रदेश र संघ गरी तीनै वटै तहका चुनावमा गठबन्धन गर्ने भने पनि त्यसबारेमा कांग्रेस भित्र विवाद छ ।

    कांग्रेस नेताहरुले ठूला महानगर र उपमहानगर नछाड्न देउवालाई दवाव दिइरहेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष चुनावी गठबन्धनको पक्षमा देखिए पनि शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने अडान कायमै राखेको छ ।

    कांग्रेसभित्र महत्वपूर्ण मानिएका महानगर अरुलाई दिन नहुने आवाज पनि उठिरहेको छ । गएको स्थानीय तहको निर्वाचन देखिनै विवाद र चर्चामा रहेको भरतपुर महानगरमा माओवादीले यसपटक पनि दावी रहने बताएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०७:३६:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology