शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उम्मेदवार छान्न वडास्तरमै सकस

उम्मेदवार छान्न वडास्तरमै सकस

नागरिक पाटी

२२, चैत्र २०७८
  • 5.6K
    SHARES
  • उम्मेदवार छान्न वडास्तरमै सकस

    सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० लाई सकस भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।

    images
    images

    केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकाङ्क्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, जिल्लासम्म आउँदा उम्मेदवार टुंग्याउँछौं, प्रक्रिया सुरु भइसकेको छ। सदरमुकाम रहेको गोरखा नगरपालिका-६ मा काँग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवार दाबी गर्ने सातजना छन् भने एक दलित महिला, एक महिला र दुई खुला सदस्यका लागि १५ भन्दा बढी आकाङ्क्षी छन्। दुईभन्दा बढी उम्मेदवार अधिकांश वडामा छन्। सदरमुकामको वडा भएकाले पनि अन्य दलमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्न मुस्किल भएको छ। ‘पालिकाले टुङ्ग्याउन नसके क्षेत्रीय समितिमा र त्यसले पनि टुंग्याउन नसके चैत २७ भित्र जिल्लामा आइपुग्नेछ, सभापति न्यौपानेले भने, क्षेत्रसम्म नटुगिएको उम्मेदवार जिल्लाले टुंगो लगाउनेछ। सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल हुँदा सहजै जित हात पार्न सकिने दाउमा कतिपयले उम्मेदवारको दाबी छाडेका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ०६:४०:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology