शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दलहरूले चुनावमा के–के गर्न हुँदैन, यस्तो छ ६० बुँदे निर्देशन

दलहरूले चुनावमा के–के गर्न हुँदैन, यस्तो छ ६० बुँदे निर्देशन

नागरिक पाटी

२३, चैत्र २०७८
  • 4.7K
    SHARES
  • दलहरूले चुनावमा के–के गर्न हुँदैन, यस्तो छ ६० बुँदे निर्देशन

    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगले आज मङ्गलवार राजनीतिक दलहरूलाई बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरूले के–के गर्न नहुने भन्नेबारेमा ६० बुँदे निर्देशन दिएको हो । आयोगले आज नै दलहरूलाई आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको थियो ।

    images
    images

    निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनअनुसार बमोजिम चुनावको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले अवरोध पुर्‍याउन नहुने आयोगको बुँदामा उल्लेख छ ।

    यस्तै निर्वाचन अवधिभित्र कुनै मतदातालाई उसको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम दिन नहुने पनि आयोगको बुँदामा उल्लेख छ ।
    ६० बुँदे निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ०७:००:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology