शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने (निर्णय सहित)

धादिङमा गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने (निर्णय सहित)

नागरिक पाटी

२५, चैत्र २०७८
  • 15.6K
    SHARES
  • धादिङमा गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने (निर्णय सहित)

    धादिङका गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् ।आज  बैरेनीमा सम्पन्न नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूको संयुक्त बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा जिल्लाका १३ वटै पालिका, १०४ वटै वडा र जिल्ला समन्वय समिति सम्म तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

    images
    images

    IMG-ff6a662c259efca907a1921654a44d12-V.jpg

    धादिङका १०४ वटै वडामा गठबन्धनबाट साझा उम्मेदवार उठाउने निर्णय भईसकेकाले आन्तरिक होमवर्क गर्नको लागि बैठकले गठबन्धन दलका दुई दुई जना रहने गरि कार्यदल समेत गठन गरेको छ । बैठकले गठबन्धन दलको संयुक्त सचिवालय धादिङवेशीमा खोल्ने र अर्को बैठक २८ गते धादिङ वेशीमा बस्ने लगाएत बिभिन्न ८ बुँदे निर्णय गरेको छ ।

    गठबन्धन दलहरु बिच आरोप पत्यारोप नगर्न र गठबन्धन दलहरु बिच एक अर्को सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश गराउन नपाईने समेत निर्णय गरेको छ ।

    कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा बसेको बैठकमा कांग्रेसको तर्फबाट दिलमान पाखिन, रमेश धमला,भिम प्र ढुंगना, विश्व अर्याल माओवादी केन्द्रबाट शालिकराम जम्कटेल, दल ब बुर्लाकोटी, मनराज भण्डारी , दिपक लामिछाने र शम्भु कुमार श्रेष्ठ , एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, गंगालाल तुलाधर ,गुरु बुर्लाकोटी, ईन्दिरा ढुंगाना र शुवास खतिवडा त्यसैगरी जनता समाजवादीबाट राजु नेपाल, बिर ब. तामाङ , राम ब. ढकाल, अर्जुन सापकोटा र अनिल अधिकारी लगायत मुख्य नेताहरुको उपस्थिति रहेको थियो ।

    यस्ता छन्,आजका बैठकका निर्णयहरु:

    277887300_312704964280872_2066593659398707161_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - १९:०५:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology