कांग्रेसभित्रको आन्तरिक विवादले चुनावी तालमेललाई लिएर कतिपय जिल्लामा खटपट देखिएपछि पाँचदलीय सत्तागठबन्धनले स्थानीय तह निर्वाचनमा देशव्यापी तालमेलका लागि आह्वान गर्ने भएको छ । चुनावी रणनीति बनाउन शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले अपिल जारी गर्ने जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिलाई दिएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यताका आधारमा गठबन्धनका लागि आह्वान गर्न लागिएको बताए । शुक्रबार बैठकमा भएको सहमतिअनुसार पौडेल नेतृत्वको समितिले चाँडै नै यस्तो आह्वान गर्नेछ । नेता खनालले संयुक्त आह्वानले गठबन्धनको पक्षमा थप सकारात्मक वातावरण बनाउने विश्वास लिइएको बताए । नयाँ पत्रिका दैनिकमा खबरमा खबर छ ।
‘