शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौंडा उपमहानगरपालिका मेयरमा नेकपा एमालेबाट तीन जनाको नाम सिफारिस

हेटौंडा उपमहानगरपालिका मेयरमा नेकपा एमालेबाट तीन जनाको नाम सिफारिस

नागरिक पाटी

२९, चैत्र २०७८
  • 7.0K
    SHARES
  • हेटौंडा उपमहानगरपालिका मेयरमा नेकपा एमालेबाट तीन जनाको नाम सिफारिस

    नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरमा वर्तमान मेयर हरिबहादुर महतसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

    images
    images

    मंगलबार बसेको एमालेको उपमहानगरपालिका कमिटीको बैठकले मेयरका लागि महतसँगै संविधानसभाका सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समितिकी सदस्य गणेशकुमारी प्रधानको नाम सिफारिस गरेको हो ।

    त्यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र नेपालको नाम सिफारिस गरेको एमालेको उपमहानगरपालिका कमिटी स्रोतले जानकारी दिएको छ ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले अन्य पालिका र उपमहानगरपालिकाबाट सिफारिस भएका प्रमुख र उपप्रमुखको नाम बुधबार बस्ने जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गर्ने जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - १६:२८:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology