शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

नागरिक पाटी

६, बैशाख २०७९
  • 5.1K
    SHARES
  • नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

    सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम/एस जियाङसु–सगुन (संयुक्त) छनोट भएको हो । यस सडकखण्डको कुल लम्बाइ १२.२६ किलोमिटर छ ।

    images
    images

    त्यसैगरी, नौबिसे–मलेखुखण्ड विस्तारका लागि शर्मा–लामा–जेडआईसीजी (संयुक्त) छनोट भएको नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यस खण्डको कुल लम्बाइ ४३.५४२ किलोमिटर छ । मुलुकको करिब ६५ जिल्लाका मानिसको काठमाडौँ आवतजावत गर्ने मूल मार्ग यही नै हो ।

    दैनिक करिब १८ देखि २० हजार सवारीसाधन आवातजावत गर्छन् । सडक विस्तारका लागि यसअघि नै विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) तयार भई स्वीकृत भइसकेको छ ।

    आयोजनाका प्रमुख कार्कीका अनुसार नागढुङ्गा–नौबिसे खण्डक एक अर्ब ३१ करोड ८४ लाख र नौबिसे–मलेखुखण्डको एक अर्ब ३३ करोड १९ लाख रूपियाँमा विस्तार हुन लागेको हो । छनोट भएका निर्माण कम्पनीले तीन वर्षमा सडक विस्तारको काम सम्पन्न गर्नुपर्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - ११:१९:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology