शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक (पुर्णपाठ)

एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक (पुर्णपाठ)

नागरिक पाटी

६, बैशाख २०७९
  • 5.9K
    SHARES
  • एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक (पुर्णपाठ)

    काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको स्थानीय तहको निर्वाचनको घोषणापत्र अध्यक्ष माधव कुमार नेपालले आज सार्वजनिक गरेका हुन् ।

    images
    images

    राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा एमालेबाट चिढिएर नयाँ पार्टी गठनगर्नुपरेको उल्लेख गरिएको छ ।घोषणापत्रमा अध्यक्ष नेपालको नेतृत्वको सरकारले गरेका काम र आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रमहरु समेटिएको छ ।

    वि.सं. २००७, २०४६ र २०६३ का युगान्तकारी परिघटनाहरूलाई समाजवादीले प्रमाणको रुपमा पेश गरेको छ। कम्युनिस्ट पार्टीले सही नीति र कार्यक्रमका आधारमा आपसमा एकता गर्दै अगाडि बढ्दा २०५१ सालमा अल्पमतकै भए पनि नेपालको पहिलो कम्युनिस्ट सरकार निर्माण गर्न सम्भव भएको घोषणापत्रमा समावेश गरिएको छ ।

    यसैगरी समाजवादीले वृद्धभत्ता लगायतका सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम, भूमिहीन सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरणजस्ता जनमुखी कार्यक्रम कार्यान्वयनमा ल्याइएको समेत उल्लेख गरिएको छ।

    एकीकृत समाजवादीको घोषणापत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - १७:०५:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology