शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको १३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

धादिङको १३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

नागरिक पाटी

८, बैशाख २०७९
  • 8.0K
    SHARES
  • धादिङको १३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

    धादिङ । धादिङको १३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लाको सदरमुकाम धादिङबेशीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढेको बताउनु भएको छ ।

    images
    images

    निर्वाचन आयोगको कार्यतालिका अनुसार नीलकण्ठ नगरपालिका स्थित धादिङबेशीमा १ मुख्य निर्वाचन अधिकृतको कार्यालय र १२ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। धादिङमा ११ गाउँपालिका र २ नगरपालिका रहेका छन्।

    धुनीबेसीको निर्वाचन अधिकृत सर्वोच्चका इजलास अधिकृत राजकुमार आचार्य, खनियाबासमा योजना आयोगका उप सचिव गोकुल खड्का, गंगाजमुनामा मालपोत धादिङका प्रमुख रामकृष्ण तामाङ, गजुरीमा प्रधानमन्त्री कार्यालयका उप सचिव चक्रपाणि शर्मा, गल्छीमा समाजिक विकास मन्त्रालयका अधिकृत दिपेन्द्र सुवेदी रहेका छन् ।

    त्यसैगरी ज्वालामुखीमा सम्पत्ति सुद्धिकरण विभागमा कार्यरत उप सचिव हिरामणि सुवेदी, थाक्रेमा संघिय मामिला मन्त्रालयमा कार्यरत उप सचिव महेन्द्र प्रसाद साखी, त्रिपुरासुन्दरीमा उपन्यायाधिवक्ता गोपाल लामिछाने, नेत्रावती डवजोङमा उपन्यायाधिवक्ता कला पौडेल , बेनीघाट रोराङमा उपन्यायाधिवक्ता खेमराज पाठक, रुबीभ्यालीमा सर्वोच्चका इजलास अधिकृत भीमप्रसाद सुवेदी र सिद्धलेकमा जिल्ला अदालत धादिङका स्रेस्तेदार खुमप्रसाद भण्डारी निर्वाचन अधिकृतका रुपमा रहेका छन् ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ । आयोगले प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा करिब १० जना कर्मचारी रहने व्यवस्था गरेको छ । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।

    276040347_678498476814888_992557191819566780_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - २१:०३:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology