शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पालिका चुनावका लागि नेकपा एमालेद्धारा रसुवामा उम्मेदवारको टुङ्गो

पालिका चुनावका लागि नेकपा एमालेद्धारा रसुवामा उम्मेदवारको टुङ्गो

नागरिक पाटी

१०, बैशाख २०७९
  • 5.5K
    SHARES
  • पालिका चुनावका लागि नेकपा एमालेद्धारा रसुवामा उम्मेदवारको टुङ्गो

    रसुवा । रसुवामा नेकपा एमालेले गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको टुङ्गो लगाएको छ । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि पार्टीले शुक्रवार उम्मेदवार टुङ्गो लगाएको हो ।

    images
    images

    नेकपा एमाले रसुवाले दिएको जानकारी अनुसार उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ, कालीका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य, उपाध्यक्षमा अम्बिका भट्ट पौडेल, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा, उपाध्यक्षमा चन्द्र बहादुर तामाङ चयन हुनुभएको छ ।

    यस्तै, गोसाइँकुण्ड गाउँपालिकाको प्रमुखमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको प्रमुखमा तेब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा चयन गरिएको पार्टी सचिव जनार्दन ढकालले जानकारी दिनुभएको छ।

    जिल्लामा २०७४ सालको चुनावमा नेकपा एमालेले कालीका र गोसाइँकुण्डमा प्रमुख र पाँचवटै गाउँपालिकामा उपप्रमुख जितेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - १२:१३:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology