शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा तनाव, एमालेबाट अध्यक्षमा दोहोरो दर्ताको विषयमा के भन्छ निर्वाचन अधिकृतको कार्यालय ?

धादिङको थाक्रेमा तनाव, एमालेबाट अध्यक्षमा दोहोरो दर्ताको विषयमा के भन्छ निर्वाचन अधिकृतको कार्यालय ?

नागरिक पाटी

१२, बैशाख २०७९
  • 39.4K
    SHARES
  • धादिङको थाक्रेमा तनाव, एमालेबाट अध्यक्षमा दोहोरो दर्ताको विषयमा के भन्छ निर्वाचन अधिकृतको कार्यालय ?

    धादिङको थाक्रेमा एमालेको तर्फबाट अध्यक्षमा दोहोरो दर्ता भएको भन्दै नाराबाजी भएको छ । पार्टीको पालिका अध्यक्ष समेत रहेका कृष्ण पन्त र निवर्तमान गाँउपालिका अध्यक्ष रामकुमार आचार्यले एउटै पदमा उम्मेद्धारी दिएपछि तनाव सिर्जना भएको हो । एमालेका कार्यकर्ताले थाक्रे निर्वाचन अधिकृतको कार्यालयमा कृष्ण पन्तको उम्मेद्धारीलाई बैधानिक गर्नुपर्ने मागसहित यतिबेला धर्ना र जुलुस गरिरहेका छन् ।

    images
    images

    के भन्छ निर्वाचन अधिकृतको कार्यालय ?
    निर्वाचन अधिकृतको कार्यालय थाक्रेका प्रमुख महेन्द्रप्रसाद साँखीले नागरिकपाटी सँग कुराकानी गर्दै भने– दुईजना उम्मेदवार आउनुभयो, आधिकारिक हस्ताक्षरसहित दर्ता भएको छ । यतिबेला असन्त्ष्ट पक्षले दुईवटा दर्ता किन गरिस् भनेर आन्दोलन गरिरहनुभएको छ, आज उम्मेदवारी दर्ता लिने निर्वाचनको काम हो, हामी आज परेको मनोनयनलाई सिल गरेर निर्वाचन आयोगमा पठाउछौँ । बैधानिकताको विषयमा आयोगले अहिलेसम्म निर्णय गरेको छैन्, म आयोगलाई लेखी पठाउछु, आज त उम्मेदवारी लिने मात्रै हो, भोली दावी–विरोध,पर्सी जाँचबुज,छानविन र उम्मेदवारी फिर्ता अनि अन्तिम नामावली हो । त्यतीबेला एउटा दलको एउटा पदमा एक उम्मेदवार हुन्छ । उहाँहरुको मागचाँही आजै खारेज हुनपर्छ भन्ने हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - १९:२५:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology