शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्वाचन आयोगले आजदेखि मतपत्र ढुवानी थाल्ने

निर्वाचन आयोगले आजदेखि मतपत्र ढुवानी थाल्ने

नागरिक पाटी

१३, बैशाख २०७९
  • 5.5K
    SHARES
  • निर्वाचन आयोगले आजदेखि मतपत्र ढुवानी थाल्ने

    निर्वाचन आयोगले आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी सुरु गर्ने तयारी गरेको छ । मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगको तयारी छ ।

    images
    images

    आयोगकाअनुसार दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको थियो । त्यसपछि अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको छ ।

    आउँदो ३० गते हुने चुनावका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जनाएको छ । हिजोसम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । बाँकी जिल्लाको मतपत्र छाप्ने काम भइरहेको उहाँले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - १०:५२:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology