धादिङ । आगामी स्थानिय तह निर्वाचनका लागी धादिङको बेनिघाट रोराङ गाँउपालिकामा संयुक्त रुपमा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस र एकिकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी गठबन्धनबाट अध्यक्ष पदमा माओवादीबाट कृष्णप्रसाद थपलिया (विवेक) र उपाध्यक्षमा एकिकृत समाजवादीबाट टापबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । भने १० वटै वडामा पनि गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन ।