नेकपा एमालेको तर्फबाट नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा होम बहादुर सुबेदी प्रल्हाद ले उम्मेदवारी दिनुभएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा सुबेदी सहित वडाबाट सदस्यहरुमा दामोदर पुडासैनी, रामेश्वर गौतम, उर्मिला पुडासैनी र संगिता सार्कीले उम्मेदवारी दिनुभएको हो ।
यस्तै एमालेको तर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरमा राजेन्द्ररमण खनाल र उपमेयरमा रुपा सापकोटाले उम्मेदवारी दिनुभएको छ ।