राप्रपा धुनिबेशीले नगर प्रमुख, उपप्रमुख लगायत सवै वडाहरुमा आफ्नो उम्मेदवार चुनावी मैदानमा खडा गरेको छ । संबैधानिक राजसँस्था र हिन्दुरास्ट्रको मुख्य एजेन्डा सहित आफ्नो पार्टीको प्रतिबद्धताको साथ भ्रस्टाचार नगर्ने कसम खुवाएर उम्मेदवार मनोनयन दर्ता गरेको हो ।
पार्टीले धुनिबेशीको भुगोल समेटेर, पार्टीको पुरानो कार्यकर्ता, युवा, महिलालाई प्रथम प्राथमिकतामा राखेर उम्मेदवार अघि सारिएको राप्रपा पुर्व केन्द्रिय सदस्य अजय कुमार रिमालले बताउनुभयो । आगामी निर्वाचन पछि धुनिबेशिमा बलियो शक्तिको रुपमा स्थापित हुने राप्रपा पुर्व केन्द्रिय सदस्य रिमालको दाबी छ ।
साबिक जिवनपुर र छत्रेदेउरालीको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधि नगर प्रमुखमा केशव धिताल र साविक नौबिसेबाट उप प्रमुखमा राप्रपा नगर अध्यक्ष बिना अधिकारी रिमालले मनोनयन दर्ता गर्नुभएको राप्रपा धुनिबेशीले जनाएको छ ।