शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानिय तह निर्वाचन: २२ जिल्लामा पुग्यो मतपत्र

स्थानिय तह निर्वाचन: २२ जिल्लामा पुग्यो मतपत्र

नागरिक पाटी

१४, बैशाख २०७९
  • 6.8K
    SHARES
  • स्थानिय तह निर्वाचन: २२ जिल्लामा पुग्यो मतपत्र

    काठमाण्डौ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि अहिलेसम्म छपाइ भएका मतपत्र २२ जिल्लामा पठाएको छ ।

    images
    images

    भक्तपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भइ वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख मतपत्र पठाइएको छ । आज बुधवार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ ।

    वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । आजसम्म एक करोड ८७ लाख मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - २०:००:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology