शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा गोर्कण रुपाखेतीले अध्यक्ष पदमा स्वतन्त्र चुनाव लड्ने घोषणा

थाक्रेमा गोर्कण रुपाखेतीले अध्यक्ष पदमा स्वतन्त्र चुनाव लड्ने घोषणा

नागरिक पाटी

१५, बैशाख २०७९
  • 20.0K
    SHARES
  • थाक्रेमा गोर्कण रुपाखेतीले अध्यक्ष पदमा स्वतन्त्र चुनाव लड्ने घोषणा

    नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख गोर्कण रुपाखेतीले पार्टीको जिम्मे।वारीबाट राजिनामा दिएका छन् । राजिनामा पछि उनले थाक्रे गाँउपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारीबाट चुनाव लड्ने जानकारी दिए ।

    images
    images

    गाउँपालिकामा टिकट वितरणको विषयलाई लिएर एमालेभित्र तिव्र विवाद भएपछि रुपाखेतीले बिहिबार मात्रै पत्रकार सम्मेलन गरेर पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका छन् एमाले थाक्रेका अध्यक्ष कृष्ण पन्त र रुपाखेतीले आज संयुक्त राजिनामा दिएको घोषणा गरेका थिए ।

    पत्रकार सम्मेलनमा पन्तले रुपाखेतीको चुनावी कमाण्डर बनेर निर्वाचनमा होमिने जानकारी दिए । नेकपा एमालेको जिम्मेवारीबाट राजिनामा दिएर रुपाखेतीले थाक्रेको विकास र समृद्धीको लागि स्वतन्त्र उम्मेद्वारको रुपमा जनतामा जाने बताएका हुन् ।

    महादेववेशीमा आज साँझ एक कार्यक्रमका बिच पन्त र रुपाखेतीले एमाले पार्टिको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका हुन्। निर्वतमान अध्यक्ष रामकुमार आर्चाय र उपाध्यक्ष अम्बिका रुपाखेतीको दम्भ,घमण्ड र थिचोमिचोका कारण आफुहरुले विद्रोह गर्नु परेको उनले बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - १९:५३:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology