शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पत्रपत्रिकाबाट

सबै स्थानीय तहको मतपत्र छपाई आज सकिने

सबै स्थानीय तहको मतपत्र छपाई आज सकिने

नागरिक पाटी

२०, बैशाख २०७९
  • 4.1K
    SHARES
  • सबै स्थानीय तहको मतपत्र छपाई आज सकिने

    जनक शिक्षा सामग्री संस्था लिमिटेडले आजबाट सबै मतपत्र छपाइ सक्नेछ। निर्वाचन आयोगले दिएको निर्देशनअनुसार केन्द्रले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो। केन्द्रका प्रवक्ता चित्र आचार्यले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार आज मंगलबार बिहानसम्म सबै स्थानीय तहको मतपत्र छपाई पूरा हुनेछ। हिजो सोमबार जनक शिक्षाले पोखरा, विराटनगर र भरतपुर महानगरपालिकाको मतपत्र छपाई सुरु गरेको थियो।

    images
    images

    मतपत्र छपाइपछि दुई दिन प्याकिङको काम सकेर २३ गतेसम्म देशैभरका निर्वाचन कार्यालयमा मतपत्र पुगिसक्ने बताइएको छ। आयोगले उम्मेदवारको सङ्ख्या बढेको केही स्थानीय तहको मतपत्र पुनः छपाइ गर्न दिएको थियो। निर्वाचन आयोगले तीन दिनअघि ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्रको डिजाइन जनक शिक्षामा पठाएको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - ०७:३१:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology