देशभर स्थानीय निर्वाचनमा मतदान सम्पन्न भएको छ । धादिङमा पनि छिटपुटबाहेक शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदाता नामावलीमा नाम भएका युवापुस्तादेखि वृद्धवृद्धा, अशक्त,अपाङ्ग नागरिक बिहानैदेखि मतदानमा सहभागी भएका छन् । यसैगरी जिल्लाको धुनिवेशी नगरपालिकामा किरियापुत्रीले समेत मतदान गरेका छन् ।
वडा नम्बर ७ को मच्छिन्द्र मावीको मतदान केन्द्रमा ३ जना किरियापुत्रीहरुले मतदान गरेका हुन् । बुवा कृष्ण प्रसाद उप्रतीको मृत्यु संस्कार गरिरहेका छोराहरु धर्मराज उप्रेती, रवि उप्रेती र नवराज उप्रतीले खानीखोलास्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।