समय छदाँछदै मतदान गर्न नदिई मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदानको माग गरिएको छ । पुन मतदान गर्दै एमाले, एकीकृत समाजवादीले निर्वाचन अधिकृत समक्ष छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन् । राती १२ बजे आसपासको सयममा बसेको सर्वदलिय बैठकमा जुटेको सहमति अनुसार निर्वाचन आयोगमा लेखि पठाउने सहमति भएको निर्वाचन अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।
मतदाता परिचय पत्र लिन नभ्याएका एक मतदाता फोटो सहितको मतदाता परिचय बनाउदाँ निर्वाचन आयोगले दिएको अर्धकट्टि लिएर गएको मतदातालाई मतदान गर्न नदिएपछि उत्पन्न विवादपछि मतपेटीका तोडफो भएको छ । गजुरी गाँउपालिका वडा नं. ८ वडा कार्यालय वरभन्ञ्याङ मतदान केन्द्रमा दिउँसो ४ बजेबाट शुरु भएको विवाद ४ बजेर १५ मिनेटमा मतदाता मतपेटिका भएको स्थानमा पुगि तोडफोड गरेको थियो । तोडफोड गर्ने व्यक्ति मागेपछि प्रहरीले दुई राउण्ड हवाइफाइरिङ गरेको थियो ।
वाहिरी घेरामा रहेको नेपाल आर्मीले ४ बजेर ४० मिनेटमा मतदान केन्द्र नियन्त्रणमा लिएको थियो । नेपाल आर्मीले मतदान केन्द्रबाट मतदमतमलाई टाडा जान भन्दै कट्टिमाथी गोल हान्न आदेश गरेको थियो । तर मतदाताहरु मतदान गर्न पाँउनु पर्ने माग राखि मतदान केन्द्रबाट ६० मिटर मित्र बसेर भोट हालेर मात्र घर जाने अडानमा थिए । राजनीति दलहरु एमाले, एकीकृत समाजदावादी र स्वतन्त्रका उम्मेदवारहरुले मतदान केन्द्रमा आएका मतदान गर्न वाँकी रहेका मतदाताहरुलाई ५ बजेसम्म लाइनमा बस्नेलाई मतदान गर्न दिनु पर्ने माग गरेका थिए । मतदान अधिकृतहरु र माओवादी केन्द्रले नमाने पछि ४ बजेर १५ मिनेट जादाँ कै अवस्थामा मतपेटिका वन्द गर्ने र अहिले मतदान गर्न दिन सकिदैन भनेपछि एमाले नेपाली काग्रेस, एकीकृत समाजवादी र स्वतन्त्रका वुथ प्रतिनिधि र उम्मेदवारहरुले मतपेटिका शिल गर्ने मुजुल्कामा हस्ताक्षर गर्न मानेनन् । नेपाल आर्मीको कडा सुरक्षा घेरामा मतपेटिका शिलवन्दी गरि मतदान अधिकृतको कार्यालय गजुरी ल्याइएको छ ।
तीनवटा मतदान स्थल रहेका केन्द्रमा २४७७ मतदाता रहेकाछन् । क मतदान स्थलबाट पाँच सय ६२, ख मतदान स्थलबाट पाँच सय ६५ र ग मतदान स्थलबाट पाँच सय ६१ जनाले मतदान गरेका थिए । जम्मा एक हजार छ सय ८८ जनाले मतदान गरेको मुजुल्का बनाइएको छ । मतदान गर्न लाइनमा बसेर मतपत्र बुझेका मध्ये एक जना महिलाले मत पत्र छ बजे आसपास फिर्ता गरेकी थिइन । अरुले फिर्ता गरेका छैनन् ।
मतदान भईरहेको अवस्थामा दिँउसो १२ बजे आसपास पानी पर्दा लाइनमा बसेका मतदाता, वुथ प्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी मत पेटिका र मतदान सामाग्रीसंगै आपसमा मिलेर बसेका थिए । पानी पर्न छाडेपछि आपसम मिलेर मतदान गर्ने प्रक्रिया अघि बढाएका थिए ।