शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गल्छिमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी

धादिङको गल्छिमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी

नागरिक पाटी

३१, बैशाख २०७९
  • 7.4K
    SHARES
  • धादिङको गल्छिमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी

    धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा नेकपा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधव प्रसाद खतिवडालाई पराजित गर्दै उनि विजयी भएका हुन् ।

    images
    images

    एमालेका यदुकुमार खतिवडाले निकटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार पराजित माधव प्रसाद खतिवडालाई १३९ मतको अन्तरले पराजित गरेका हुन् । जितका लागि यदुले ११३५ मत ल्याए भने माधव ९९६ मतमा रोकिएका थिए ।

    यस वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले १३१२ मत पाएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले ७९२ मत र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाईकाजी श्रेष्ठले ११०६ मत पाएका छन् । भने एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ९९८ मत प्राप्त गरेकी छिन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - २१:००:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology