नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार रहेका मेयरको उम्मेदवारले ६ सय ९३ मत ल्याएर अग्रता कायम गरेका छन् भने उपमेयरका उम्मेदवारले ३ सय ४५ मत ल्याएका छन् । यता एमालेबाट मेयरका उम्मेदवारले ३ सय २७ मत ल्याएका छन् भने उपमेयरका उम्मेदवारले ५ सय ३ मत ल्याएका छन् ।
यता गठबन्धनबाट वडा नम्बर १ का उम्मेदवार ४ सय १६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी माओवादीका उम्मेदवारले ३ सय ६९ मत ल्याएर पराजित भएका छन् ।