शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट रमेश आचार्य विजयी

धुनिवेशी ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट रमेश आचार्य विजयी

नागरिक पाटी

२, जेठ २०७९
  • 8.5K
    SHARES
  • धुनिवेशी ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट रमेश आचार्य विजयी

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट रमेश प्रसाद आचार्य विजयी भएका छन् । आचार्य सहित गठबन्धन तर्फको प्यानलै विजयी भएको हो ।

    images
    images

    वडा अध्यक्षमा विजयी आचार्यले ८१७ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार विजय तामाङले ५३२ मत ल्याएका छन् । यस्तै राप्रपाका विष्णुहरी उप्रेतीले ४५ मत र स्वतन्त्रका उज्जवल बानिँयाले ७७ मत ल्याएका छन् ।

    धुनिवेशी ६ मा गठबन्धनलाई मेयरमा ९३२ मत प्राप्त भएको छ भने उपमेयरमा ९४८ प्राप्त भएको छ । यस्तै उक्त वडामा एमालेलाई मेयरमा ५१६ मत प्राप्त भएको छ भने उपमेयरलाई ४८३ मत प्राप्त भएको छ । राप्रपाले मेयरका लागि ११ र उपमेयरका लागि १८ मत पाएको छ ।

    उक्त वडामा कुल मतदाता सङ्ख्या २२१५ रहेपनि गत शुक्रबार भएको निर्वाचनमा १६२९ मत खसेको थियो । यस्तै २० मतपत्र सम्र्पुण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालय खानिखोलाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १३:०८:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology