धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेसको २ नम्वर क्षेत्रीय कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठ वडा अध्यक्ष पदको आकांक्षी रहेका थिए । पार्टीले गोपीकृष्ण भण्डारीलाई उम्मेदवार बनाएपछि श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
गुलाब चिह्न लिएर प्रतिस्पर्धा गरेका श्रेष्ठले कांग्रेसको आधिकारिक उम्मेदवारलाई ७१० मतान्तरले पराजित गरे । वडामा कुल दुई हजार ८४१ मत खसेकोमा श्रेष्ठले एक हजार ३३९ मत ल्याए भने कांग्रेस उम्मेदवार भण्डारीले ६३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २४१ मत र नेकपा माओवादीका नारायणकुमार श्रेष्ठले ३९५ मत पाए ।