शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छिमा मतगणना जारी, पालिका अध्यक्ष र उपाध्यक्ष सहित निर्वाचित वडा अध्यक्ष लाई कति मत ?

गल्छिमा मतगणना जारी, पालिका अध्यक्ष र उपाध्यक्ष सहित निर्वाचित वडा अध्यक्ष लाई कति मत ?

नागरिक पाटी

२, जेठ २०७९
  • 11.5K
    SHARES
  • गल्छिमा मतगणना जारी, पालिका अध्यक्ष र उपाध्यक्ष सहित निर्वाचित वडा अध्यक्ष लाई कति मत ?

    गल्छि गाउँपालिकामा मतगणना जारी छ । पछिल्लो ६ वटा वडाको मतगणना हुँदा अध्यक्षमा एमालेका केदार खतिवडाले ५ हजार ३ सय ३७ मत ल्याएका छन् । यस्तै गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ५ हजार १ सय ६१ मत ल्याएका छन् ।

    images
    images

    यस्तै उपाध्यक्षमा एमालेका राधा तिमल्सिनाले ४ हजार ९ सय ७५ मत र गठबन्धनको तर्फबाट काँग्रेसका भाईकाजी तिवारीले ५ हजार ५ सय ५० मत ल्याएका छन् ।

    यस्तै अध्यक्षमा राप्रपाका रविन काराखेतीले १३५, मँगोल नेशनल अर्गनाईजेशनका विर बहादुर तामाङले १८, नेपाली जनता दलका सन्तमाया विश्वकर्माले १२, जसपा नेपालका रमेश बुढाथोकीले ७ मत र स्वतन्त्रका कान्छा तामाङले ६०, रमेश वाग्ले र हरि भण्डारीले १/१ मत ल्याएका छन् । यि बाहेक स्वतन्त्र हैसियतमा अध्यक्षका लागि उम्मेद्धारी दिएकाहरुको कुनै मत छैन ।

    यस्तै उपाध्यक्षमा राप्रपाका राममाया रेग्मीले ९५, मँगोल नेशनल अर्गनाईजेशनका मनिता मोक्तानले १६ मत ल्याएका छन् भने स्वतन्त्र हैसियतमा उपाध्यक्षका लागि उम्मेद्धारी दिएकाहरुको कुनै मत छैन ।

    मतगणना अनुसार गल्छिको वडा नम्बर १ मा यसअघि नै एमालेका उम्मेदवार यदुकुमार खतिवडा ११३५ मत सहित वडा अध्यक्षमा निर्वाचित भैसकेका छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका माधव प्रसाद खतिवडाले १०४७ मत ल्याएका थिए ।

    यस्तै वडा नम्बर २ को वडा अध्यक्षमा एमालेका षडानन्द खनाल १०४७ मत सहित निर्वाचित भईसकेका छन् भने गठबन्धनका रमेश मगर १०३१ मत सहित पराजित भएका छन् ।

    यस्तै वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादी केन्द्रका राजन भुजेल ७२५ मत सहित निर्वाचित भएका छन् भने एमालेका कपिल रेग्मी ४८८ मत सहित पराजित भएका छन् ।

    यस्तै वडा नम्बर ४ मा काँग्रेसका राजु अधिकारी ११०६ मत सहित निर्वाचित भएका छन् भने एमालेका जयराम अधिकारी १०४७ मत सहित पराजित भएका छन् ।

    यसैगरी वडा नम्बर ५ मा माओवादी केन्द्रका सरोज लामा ९७० मत सहित निर्वाचित भएका छन् भने एमालेका प्रेम बहादुर तामाङ ७०५ मत सहित पराजित भएका छन् ।

    यस्तै वडा नम्बर ६ मा नेपाली काँग्रेसका दिपक कुमार कार्की ९४१ मत सहित निर्वाचित भएका छन् भने एमालेका राजकुमार रिमालले ७५८ मत सहित पराजित भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १९:४३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology