शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

नागरिक पाटी

४, जेठ २०७९
  • 5.4K
    SHARES
  • सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    धादिङको सिद्धलेक गाउँपालिकामा सत्ता गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार परशुराम खतिवडा विजयी भएका छन् । उनले ७ हजार ९ सय ५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेमनाथ सिलवालले ६ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।

    images
    images

    उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार सविता अर्याल विजयी भएकी छन् । उनले ७ हजार ३ सय ६२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार कमला शर्माले ६ हजार २ सय १२ मत प्राप्त गरिन् । अध्यक्ष र उपाध्यक्षमा पराजित सिलवाल र शर्मा २०७४ सालको निर्वाचनमा एमालेबाट विजयी भएका थिए ।

    गाउँपालिकाको वडा नं १ माओवादीका पेमा वाङग्याल लामा, वडा नं २ मा नेपाली काँग्रेसका शम्भु गुरुङ, वडा नं ३ मा नेकपा एमालेका देवबहादुर पुलामी, वडा नं ४ मा एमालेकै झंकबहादुर थापा मगर, वडा नं ५ मा माओवादीका बुध घले, वडा नं ६ मा एमालेका सुरेन्द्र कुमार मगर, वडा नं ७ मा काँग्रेसका सानो गिरी निर्वाचित भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - २२:१६:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology