शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना र उपमेयरमा माओवादीका विश्वकर्मा निर्वाचित

नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना र उपमेयरमा माओवादीका विश्वकर्मा निर्वाचित

नागरिक पाटी

५, जेठ २०७९
  • 4.2K
    SHARES
  • नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना र उपमेयरमा माओवादीका विश्वकर्मा निर्वाचित

    नीलकण्ठ नगरपालिका मेयरमा कांग्रेसका भीम प्रसाद ढुङ्गाना र उप मेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा विजयी भएका छन् । ढुङ्गानाले १३ हजार ६७५ मत मत ल्याई बिजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार गंगादेवी श्रेष्ठले ७६८४ मत ल्याईन् ।

    images
    images

    यस्तै नगरपालिकाको उपप्रमुखमा विश्वकर्मा ९ हजार ३ मत ल्याई बिजयी भए भने उनका प्रतिद्वन्दीहरु एमालेका फन्द्रा तामाङको ७ हजार ७८० मत र स्वतन्त्रका उम्मेदवार कल्पना अधिकारीको ४ हजार ३७१ मत ल्याईन् ।

    नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्र बाट वडा न १ मा गणेश गुरुङले ६५५, वडा न २ मा ध्वज बहादुर गुरुङले ९४४, वडा न ५ मा राम बहादुर श्रेष्ठले ११४०, वडा न १४ मा नमराज दुवाडीले ९८५ मत प्राप्त गरेका छन् ।

    नेपाली काँग्रेस बाट वडा न ७ मा गौतमहरि अधिकारीले ११०२, वडा न ९ मा राजन बराइलीले ११८८, वडा न १० मा सरोज पाण्डे ६३१, वडा न ११ मा राम बहादुर श्रेष्ठले ८३५,वडा न १२ मा धर्मराज भण्डारीले १०४५,वडा न १३ मा सोम बहादुर गुरुङले १०१९ मत सहित बिजयी भएका छन् ।

    नेकपा एमालेका उम्मेदवार हरि बहादुर श्रेष्ठले वडा न ४ मा ११०० मत सहित बिजयी भएका छन् । नीलकण्ठ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले नीलकण्ठ ३ मा १३३९ मत र प्रकाश श्रेष्ठले नीलकण्ठ ८ मा ११५३ मत सहित बिजयी भएका छन् ।

    नीलकण्ठ ६ मा नेपाली काग्रेसका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ र माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलको बराबरी मत आएपछि हालसम्म पनि गोला प्रथा भएको छैन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०७:५६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology