शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चुनाव र मत गणनामा लापरबाही गर्नेको विवरण सङ्कलन सुरु, निर्वाचन आयोगले कारबाही गर्ने

चुनाव र मत गणनामा लापरबाही गर्नेको विवरण सङ्कलन सुरु, निर्वाचन आयोगले कारबाही गर्ने

नागरिक पाटी

५, जेठ २०७९
  • 6.5K
    SHARES
  • चुनाव र मत गणनामा लापरबाही गर्नेको विवरण सङ्कलन सुरु, निर्वाचन आयोगले कारबाही गर्ने

    निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको छ । मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले त्यस्ता कर्मचारीको विवरण सङ्कलन गर्न लागेको हो ।

    images
    images

    निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा दस्तखत नै नगरि तथा अर्धकट्टीसहित मतपत्र दिने, स्ट्याम्प प्याडको सट्टा मसी, मतदाताको सही विवरण उल्लेख नगर्ने जस्ता कार्यमा संलग्न कर्मचारीको विवरण सङ्कलन भइरहेको उल्लेख छ ।

    मतदान कार्यमा खटाइएका जिम्मेवार मतदान अधिकृत कर्मचारीबाट भएका गल्तीले चुनावका क्रममा विवाद र धाँधली उत्पन्न भएर मतदान तथा मतगणना स्थगित र चुनाव प्रभावित भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०८:१४:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology