थाक्रे १० को वडा अध्यक्षमा एमालेका गोकुल लामिछानेको प्यानल नै निर्वाचित भएको छ । लामिछाने ९३३ मत सहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी एकिकृत समाजवादीका रामेश्वर सुवेदीले ६७० मत ल्याए ।
यस्तै सदस्यहरुमा एमालेबाटै भरत बहादुर लामा, देवेन्द्र बहादुर थापा, देवकी पौडेल र उमा सुनार निर्वाचित भएका छन् ।
थाक्रे १० नम्बर वडा सम्म पालिका अध्यक्षका लागि एमालेका रामकुमार आचार्यले ९५८१ र काँग्रेसका राम प्रसाद विडारीले ७३१८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षका लागि एमालेका अम्बिका रुपाखेतीले ८४९८ र माओवादी केन्द्रका यन्त्रबहादुर थापाले ८५७९ मत ल्याएका छन् । उपाध्यक्षका लागि ८१ मतान्तर रहेको छ ।