शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाको अध्यक्षमा आचार्य र उपाध्यक्षमा थापा निर्वाचित

थाक्रे गाउँपालिकाको अध्यक्षमा आचार्य र उपाध्यक्षमा थापा निर्वाचित

नागरिक पाटी

६, जेठ २०७९
  • 8.6K
    SHARES
  • थाक्रे गाउँपालिकाको अध्यक्षमा आचार्य र उपाध्यक्षमा थापा निर्वाचित

    धादिङको थाक्रे गाउँपालिकाको सबै ११ वटा वडाको मतगणना सकिएको छ । मतगणना सकिँदा पालिकाको अध्यक्षमा अध्यक्षमा एमालेका रामकुमार आचार्य १०३५५ मत सहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दी काँग्रेसका राम प्रसाद विडारीले ८११६ मत ल्याए । अध्यक्षका लागि मतान्तर २२३९ रहेको छ । आचार्यको यो दोस्रो कार्यकाल हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा विजयी भएका थिए ।

    images
    images

    यस्तै माओवादी केन्द्रका यन्त्रबहादुर थापा ९४३१ मत सहित उपाध्यक्षमा निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेका अम्बिका रुपाखेतीले ९०९१ मत ल्याईन् । उपाध्यक्षको लागि मतान्तर ३४० रहेको छ ।

    थाक्रेका वडा नम्बर १ मा श्यामसुन्दर थापा, वडा नम्बर २ मा टिकाराम तामाङ, वडा नम्बर ३ मा विजय तामाङ, वडा नम्बर ४ मा आसाराम तामाङ, वडा नम्बर ५ मा सन्तबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

    त्यस्तै, वडा नम्बर ६ मा हिराबहादुर थापा, वडा नम्बर ७ मा युवराज खतिवडा, वडा नम्बर ८ मा प्रेमकुमार थापा, वडा नम्बर ९ मा श्यामचन्द्र आचार्य, वडा नम्बर १० मा गोकुलप्रसाद लामिछाने र वडा नम्बर ११ मा शुदर्शन पाण्डे अध्यक्ष निर्वाचित भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - ०९:३२:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology