शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानिय तह निर्वाचन २०७९ : ६ सय ४८ पालिकाको अन्तिम नतिजा सार्वजनिक

स्थानिय तह निर्वाचन २०७९ : ६ सय ४८ पालिकाको अन्तिम नतिजा सार्वजनिक

नागरिक पाटी

६, जेठ २०७९
  • 10.3K
    SHARES
  • स्थानिय तह निर्वाचन २०७९ : ६ सय ४८ पालिकाको अन्तिम नतिजा सार्वजनिक

    काठमाण्डौं । पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ४८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९१ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ ।

    images
    images

    कांग्रेस

    दुई सय १६ वटा नगरपालिका र चार सय ३२ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय नौ वटा नगरपालिका र एक सय ८२ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८१ वटा नगरपालिका, एक सय ८३ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार चार सय १६ वटा वडाको अध्यक्ष पद जितेको छ ।

    एमाले

    दोस्रो स्थानमा रहेको एमालेले ६१ वटा नगरपालिकाको मेयर र एक सय १८ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ७९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ८२ वटा नगरपालिकाको उपमेयर, एक सय १९ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार नौ सय २९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

    माओवादी

    तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९२ वटा गाउँपालिकाको उपाध्यक्ष र नौ सय ९२ वटा वडाको अध्यक्ष पद जितेको छ ।

    एकीकृत समाजवादी

    नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष, आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - १८:३३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology