शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म "मिरा" को ट्रेलर सार्वजनिक

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म "मिरा" को ट्रेलर सार्वजनिक

नागरिक पाटी

१, श्रावण २०७९
  • 5.3K
    SHARES
  • समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म "मिरा" को ट्रेलर सार्वजनिक

    सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म "मिरा" दी टेल्स अफ लाइफ निर्माण भएको छ समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गरेकी हुन् ।

    images
    images

    कला क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी पण्डितको यो डेब्यु फिल्म हो । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् । फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँछिन् । भोलिका दिनमा पनि अन्य फिल्महरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएर अघि बढ्ने उनको भनाई छ । फिल्ममा उनी कलाकारको रूपमा पनि देखिएकी छन् । उनलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिएका छन् । अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ् गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ । फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - २१:२३:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology