शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्ने तयारीमा आयोग

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्ने तयारीमा आयोग

नागरिक पाटी

११, श्रावण २०७९
  • 6.2K
    SHARES
  • प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्ने तयारीमा आयोग

    आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले करिब ८ करोड मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिएका हुन् । ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । सोहीअनुसार कर्मचारी पनि व्यवस्था गर्नुपर्ने हुन्छ’, उनले भने ।

    images
    images

    प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति तय नभए पनि आयोगले आन्तरिक तयारी थालिसकेको बताए ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोक्ने बताएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०८:२८:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology