शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रञ्‍जितले ल्याए तीज गीत "लरी लरी लै"

रञ्‍जितले ल्याए तीज गीत "लरी लरी लै"

नागरिक पाटी

११, श्रावण २०७९
  • 5.6K
    SHARES
  • रञ्‍जितले ल्याए तीज गीत "लरी लरी लै"

    नेपाली नारीहरुको महान चाड हरितालिका तीज आउन अब केहि दिन मात्र बाँकी छ । यसै बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीत संगीतहरु सार्बजनिक हुन थालेका छन् । यस भित्र हरेक कलाकारलाई आफ्नो सिर्जना कसरी हुन्छ उत्कृष्ट बनाउने सोच हुने गर्दछ । यसैलाई मध्यनजर राखेर नेपालि गीत संगीतको क्षेत्रमा निकै सम्भावना बोकेर आएका रञ्‍जित बिस्वकर्माले पनि एक तीज गीतलाई सार्बजनिक गरेका छन् । उक्त गीत "लरी लरी लै" बोलको रहेको छ ।

    images
    images

    रोमान्चक सैलिमा तयार पारिएको यस गीतमा रञ्‍जित परियार र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय भिम भुजेलले तयार परेका हुन् भने शब्द रबिन बाबु बि।सी र भिम भुजेलको रहेको छ । प्रस्तुतकर्ता स्वयम् रञ्‍जित यस गीतको म्युजिक भिडियोमा देखिएका छन् । उनि संगै नारायणी खत्रीको पनि यस गीतको म्युजिक भिडियोमा आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राम के।सी र सम्पादन राजकुमार मगरले गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १८:०१:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology