शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रमुख तीन कम्युनिस्ट पार्टी होमिए निर्वाचनमा

प्रमुख तीन कम्युनिस्ट पार्टी होमिए निर्वाचनमा

नागरिक पाटी

२७, श्रावण २०७९
  • 4.7K
    SHARES
  • प्रमुख तीन कम्युनिस्ट पार्टी होमिए निर्वाचनमा

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख तीन कम्युनिस्ट पार्टी आन्तरिक तयारीमा जुटेका छन् । मत परिणाम आफ्नो पोल्टामा उनीहरू आन्तरिक रणनीति तय गर्नमा समेत जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित साना कम्युनिस्ट पार्टी पार्टी निर्वाचन केन्द्रित गतिविधिमा जुटेका छन् । सरकारले आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।

    images
    images

    निर्वाचन परिचालन कमिटी गठन, घोषणापत्र तयारी, निर्वाचन केन्द्रित प्रशिक्षण, भेला, बैठकलगायत गतिविधिमा उनीहरू जुटेका छन् । शीर्ष नेताले निर्वाचन केन्द्रित कार्यक्रममा केन्द्रित हुन निर्देशन दिँदै नेताकार्यकर्तालाई क्षेत्र, जिल्लामा जनताका घरघर पुगेर घुलमिल गराइरहेका छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पाँच दलीय गठबन्धनभित्र छन् ।

    उनीहरू सिट बाँडफाँटसहित आन्तरिक रणनीति तयार गर्नमा समेत जुटेका छन् । उता, एमाले पाँच दलीय गठनलाई परास्त गर्न गठबन्धनबाहिर रहेका दलसँग सहकार्य गर्दै अघि बढने रणनीतिमा रहेको छ । ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी प्रमुख प्रतिपक्षी दल एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    कमिटीमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद् पदाधिकारी, प्रदेश कमिटी अध्यक्ष, पार्टी केन्द्रीय विभागका सचिव र जनसंगठनका अध्यक्ष र महासचिव सदस्य छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटीसमेत गठन गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - ०८:४६:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology