शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समाचार

मदन पुरस्कार लम्सालको महाकाव्य'अग्‍नि'लाई, जगदम्बा श्री श्रेष्ठलाई

मदन पुरस्कार लम्सालको महाकाव्य'अग्‍नि'लाई, जगदम्बा श्री श्रेष्ठलाई

नागरिक पाटी

१२, भाद्र २०७९
  • 6.2K
    SHARES
  • मदन पुरस्कार लम्सालको महाकाव्य'अग्‍नि'लाई, जगदम्बा श्री श्रेष्ठलाई

    यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित भएको 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार नवराज लम्सालको महाकाव्य 'अग्नि'लाई प्रदान गरिने भएको छ ।

    images
    images

    मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले श्रेष्ठलाई जगदम्बा श्री र लम्सालको कृति अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

    यस वर्ष मदन पुरस्कारको सर्ट लिस्टमा ८ पुस्तक परेका थिए । जसमा डा. दामोदर पुडासैनी 'किशोर' को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश, सुजित मैनालीको सती : इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - ०८:१३:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology